अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 10:48

युनिसेफद्वारा नेपाली मूलकी कञ्चन अमात्य ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त

विजय थापा २०७६ भदौ २१ गते ८:५० मा प्रकाशित

डिसी । युनिसेफले नेपाली मूलकी कञ्चन अमात्यलाई ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त गरेको छ । नेपाली युवा अमात्यलाई युनिसेफ कि कार्यकारी निर्देशक हेनरिटा एच फोरे विश्व ढिपी असीमित समिति सदस्यमा नियुक्त गरेकी हुन् ।

जेनेरेसन अन लिमिटेड ( पुस्ता असीमित ) एक अर्व डलरको साझेदारी परियोजना हो जसलाई युनिसेफले आयोजना गर्छ । सन् २०३० सम्म विश्वका हरेक युवाले शिक्षा ,तालिम र रोजगारी पाउन भन्ने मुख्य उद्देश्य रहेको छ ।

यो महत्त्वपूर्ण परियोजनाको आरम्भ गर्ने सह-सभापतिहरूमा राष्ट्र सङ्घका महा सचिव एन्टोनियो गुटेरेस,रुवान्डाका राष्ट्रपति पुल कागमे तथा ट्रीनिडाड तथा टोबागोका राष्ट्रपति रहेका छन् ।

अमात्य सँगै विश्व ब्यापीरुपमा अन्य महत्त्वपूर्ण व्यक्तित्वहरू विश्व समिति सदस्यहरूमा नियुक्त भएका छन् । जसमा आर्थिक तथा समाज मामला सहायक सह सचिव लिऊ झेन्मिन, युनेस्कोका महा निर्देशक औड्रे एजोले ,युएनपीएफका नाटालिया कानम ,अन्तर्राष्ट्रिय श्रम संघठनक महा निर्देशक, विश्व बैङ्कका प्रमुख कार्यकारी अधिकारी ( सिइओ) लगायत अन्य रहेका छन् ।

युवा व्यक्तिहरूको लागि सिपमूलक तथा रोजगारी दिने सम्बन्धमा विश्व बैङ्क सँग अर्व डलरको साझेदारीको सुरुवात भई सकेको छ । अमात्यले आफ्नो नयाँ भूमिका भनेको आफू समितिसँग काम गर्ने योजना बनाएको बताइन ।

उनले अगाडी भनिन “मेरो नयाँ भूमिकामा, म समितिसँग विशेषज्ञता, रणनीतिक दिशा, स्रोत र नेतृत्व प्रदान गर्न कार्य गर्दछु । र ,जेनेरेसन अन लिमिटेड (पुस्ता असीमितता )को स्थानीयवासीले समर्थन गर्दछु । सबैभन्दा महत्त्वपूर्ण कुरा त युवाको संलग्नता र सहभागिता सुनिश्चित गर्दछु । विशेष गरी नेपालका युवा महिला र युवतीसँग आफ्नो कार्यसूची (एजेन्डा) अनुसार काम गर्नेछु ।

“शिक्षा र व्यावसायिक प्रशिक्षणलाई समाधान गर्नका लागि कार्यक्रम ल्याउन म यस साझेदारीसँग काम गर्न पाउँदा म विशेष उत्साहित छु । लाखौँ नेपाली युवालाई पछाडि परि रहेका छन् । हाम्रो प्रगति र स्थिरतालाई खतरा छ ,अमात्यले भनिन । 

आगामी सेप्टेम्बर २३ का दिन न्यु योर्कमा हुने संयुक्त राष्ट्र सङ्घको साधारण सभाको ७४ औ सत्रमा विश्व व्यापी ढिपी असीमितको समिति बैठकमा भाग लिने छिन ।
अमात्यले केही महिना अगाडी मात्र डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी थिइन् भने फोर्ब्स पत्रिका द्वारा ३० वर्ष मुनिका ३० सूचीमा परेकी कञ्चन अमात्य हाल महिलाको आर्थिक सशक्तीकरणको लागि युएन वुमेन ग्लोबल च्याम्पियनमा कार्यरत छिन ।

ललितपुर पाटन घर भई अमेरिका बसोबास गर्दै आएकी अमात्यले अमेरिकी काँग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद् प्रतिनिधिसभा तथा अमेरिकन काँग्रेस समेत जिम्मेवारी पाई काम गरी सकेकी छिन ।

अमात्य काठमाडौँ सेन्ट म्यारिज पढाइपछि नर्बेमा युनाईटेड वर्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, संयुक्त राष्ट्र सङ्घ महिला सशक्तीकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी(डब्लुपीपीसी)सद्भावना दूत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार,नेपाल, शान्ति एजेन्ट, विशिष्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनद्वारा कञ्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित भएकी थिइन् । साथै उनलाई २०१७ एभ्रीडे योङ्ग हिरो अवार्ड द्वारा पुरस्कृत गरिएको थियो भने उक्त पुरस्कार २५ वर्ष मुनिका १ सय जना मध्ये उनी परेकी थिइन् । 

प्रतिक्रिया