अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

नेपालमा लगानी गर्न चीन र चिनियाँ व्यापारीलाई प्रचण्डको आह्वान

बिआरटीनेपाल २०७६ भदौ २१ गते ५:३४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । चिनियाँ दूतावासले शनिबार राजधानीमा गरेको नेपाल–चीन व्यापार सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व कायम भएसँगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो ।

राजनीतिक स्थायित्वसँगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उहाँले चिनियाँ सरकार, जनता र लगानिकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपाल सधैँ एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाँ विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोयौउनुभयो । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चिनको राजकीय भ्रमणको प्रतिफल नै दुई देशबिचको सहयोग आदानप्रदानको आधारशिला भएको पनि उहाको भनाई थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पूर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा चीनका लागि नेपालका राजदूत लिलामणि पौडेलले पछिल्लो समय नेपाल चीन बिच राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरु बिस्तार हुँदै गएको बताउनुभयो । कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, व्यवसायीहरु सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू