अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

‘डोरियन’ आँधीबाट बहमासमा ४३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ २१ गते ५:३२ मा प्रकाशित

संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको ‘डोरियन’ नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा ४३ पुगेको छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छाडेका हुनाले मृतकको संख्या अझै बढ्नेसक्ने अनुमान गरिएको छ ।

समुद्रको छाल र भीषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’को संज्ञा दिनुभएको थियो । द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

आँधीका कारण २६० घरका बासिन्दाहरू नराम्ररी प्रभावित भएकाले अबोको टापुको राजधानी नासाउ आइपुगेका बताइएको छ । बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले यस डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३० बाट उकालो लागेर ४३ पुगेको पुष्टि गर्नुभएको छ ।यसअघि, यस आँधीको प्रकोपबाट ३० व्यक्तिको मृत्यु भएको अमेरिका समाचार सञ्जाल ‘सीएनएन’ले जनाएको थियो । यस आँधीबाट लाखौं मानिस प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू