अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

एनआरएन जापानको सचिवमा महेश्वर रिसालको उमेदवारी

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:५० मा प्रकाशित

नेपाल सरकार बाट मान्यता प्राप्त गैर(आवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय समितिको नवौ महाधिवेशनको लागि महेश्वर रिसालले सचिवको उम्मेद्वारी घोषणा गर्नुभएको छ । जापानमा आफ्नो बलियो समाजिक परिचय बनाएका महेश्वर रिसालले भने सचिव पदमा उमेदवारी दिनुभएको हो । आफु सचिवबाट केन्द्रीय समितिमा प्रवेश गरेर एनआरएनए जापानलाई लोकप्रिय बनाउने उद्देश्य रहेको बताउने रिसाल अनुभव र क्षमताको आधारमा आफू बलियो उमेदवार भएको दाबी गर्नुहुन्छ ।

जापानी र नेपाली समुदायबीचको सम्बन्ध सुमधुर बनाउन पुलको काम गर्ने रिसालले बताउनुभयो । अनुभव, क्षमता, वरिष्ठता, भिजनजस्ता संस्थालाई अत्यावश्यक कुराको आधारमा उमेदवारको छवि, विगतको कार्यसम्पादन र आगामी एजेण्डाहरु हेरेर आफू निर्विरोध हुनु पर्नेमा चुनावमा जानु परेकोमा आफू दुखी भएको बताउने रिसाल आफुले चुनावमा गए पनि भारी मतले विजय हुने ठोकुवा गर्नुभयो ।

विश्वका ८० मुलुकमा एनआरएनए राष्ट्रिय समन्वय समिति चयनको चटारो छ । धेरै जसो देशमा समिति गठन भइसकेको छ भने अन्तर्राष्ट्रिय समन्वय समितिमा बलियो उपस्थिति जनाउने जापानमा भने यो सेप्टेम्बर ८ सम्ममा टुंगो लाग्ने भएको छ । २०१९ सेप्टेम्बर ६ मा अधिवेशन भएको गैसस जापानको चुनाव भने सेप्टेम्बर ८ मा हुने भएको हो ।

जापान समितिको लागि पाँच जनाले अध्यक्षमा उमेदवारी दिएका छन् भने महासचिवमा दुईजनाको उमेदवारी परेको छ । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरूमा निर्विरोध भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू