अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

बोष्टनमा ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ सार्वजनिक

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:५० मा प्रकाशित

नेपाली मुक्तक विधामा लामो समयदेखि क्रियाशील कवि रमेश पौडेलद्वारा सम्पादित ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ हालै अमेरिकाको बोष्टनमा सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली संघको भाषा साहित्य उपसमितिले प्रकाशन गरेको सो कृति संघको पहिलो अन्तर्रा्ष्ट्रिय साहित्य सम्मेलनमा गरिएको थियो । पञ्चकन्याका साथमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका अतिथिहरूले उक्त कृतिको संयुक्त विमोचन गरेका थिए ।

साहित्य सम्मेलका प्रमुख अतिथि कुलपति उप्रेतीले कवि पौडेलद्वारा सम्पादित कृति नेपाली मुक्तक साहित्यमा मानक कृतिका रुपमा आएको बताउनुभयो । सो कृतिमाथि समालोचकद्वय प्रा.डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले समालोचकीय टिप्पणी गर्नुभएको थियो । सम्पादक मुक्तककार पौडेलले आफ्नो अढाई दशकको मुक्तक मोह र सीप यस कृतिमा खन्याएको उल्लेख गर्नुभयो ।

सो कृतिमा अघिल्लो पुस्ताकी मुक्तककार उषा शेरचनदेखि समकालीन पुस्ताकी निर्मला कुँवरसम्मका गरेर २४६ जना नारी प्रतिभाको परिचय सहित ४–४ वटा मुक्तक समावेश गरिएको छ ।

प्रतिक्रिया