अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

अमेरिकामा शरणार्थीहरुको सहायता कटौती गर्ने तयारी

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:२५ मा प्रकाशित

अमेरिकाले शरणार्थीहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता कटौती गर्ने तयारी गरेको छ । अमेरिकामा अन्यत्रबाट आउने शरणार्थीहरुको संख्या बढ्दै गएपछि उनीहरुलाई वार्षिक रुपमा उपलब्ध गराइँदै आएको सहायता कटौती गर्न लागिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थीविरुद्ध कडा कदम चाल्ने बताउँदै आउनुभएको छ । उहाँले आप्रवासी र शरणार्थीलाई अमेरिका प्रवेशमा कडाइ गर्ने भन्दै मेक्सिकोको सिमामा पर्खाल लगाउने बताउँदै आउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेलगत्तै शरणार्थीहरुको संख्यासमेत घटाएको मानवअधिकार सम्बन्धी सल्लाहकार र राष्ट्रिय सुरक्षा विज्ञहरुले बताएका छन् । गत वर्ष ३० हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिइएको थियो । अघिल्लो वर्ष ४५ हजार शरणार्थीले अमेरिका प्रवेश पाएका थिए ।

सन् २०१७ मा पदभार ग्रहण गरेलगत्तै ट्रम्पले मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुभएको थियो । यसको सर्वत्र आलोचनासमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू