अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

श्रीलंकासँग नेपाली युवा टोली ५ विकेटले पराजित

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:४९ मा प्रकाशित

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले निराशाजनक सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल आज आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको छ। कोलम्बोमा टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले श्रीलंकासामू १ सय ६० रनको लक्ष्य पेश गरेको थियो । श्रीलंकाले ५० बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

रणसिंगे प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल ४२ ओभरमा झारिएको थियो । नेपालका लागि रित गौतमले अर्धसतकिय पारी खेल्दै ५४ रन बनाए । नेपालका लागि गौतमले बनाएको ५४ रन नै सर्वाधिक रन बन्यो । रोहित कुमार पौडेलले ४७ रन बनाउँदा रासिद खानले १५, हरि बहादुर चौहानले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन नै बनाउन सकेनन् ।

श्रीलंकाका दिलसान मधुशंका र नाभोद दिलुश्रीले समान ३/३ विकेट लिए । बलिङतर्फ नेपालका रासिद खानले २ विकेट लिए । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंकासहित बंगलादेश र युएई रहेका छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू