अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता फेल भइसक्यो –राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:४८ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता असफल भइसकेको बताउनुभएको छ । देशका लागि अबको विकल्प राप्रपाले लिएको हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको थापाले जिकिर गर्नुभयो । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको बुटवलमा आयोजित केन्द्रीय परिषद बैठकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरिपक्षेताबाट देश बनाउने दावी गर्नेहरु र धर्म संस्कृति नष्ट गरेर मात्र देश बन्ने मान्यता राख्नेहरु असफल भइसकेको दावी गर्नुभयो ।

अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले १२ वर्षदेखि देशलाई गलत बाटोबाट हिँडाएको बताउँदै हालकै बाटोलाई निरन्तरता दिंदा देश असफल राष्ट्र बन्ने ठोकुवा समेत गर्नुभयो । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई कठिन घडीमा पनि बोकेर हिडेको हुँदा एजेन्डाको विषयमा राप्रपालाई शंका नगर्न र आफूहरूको नियतमाथि शंका गरिदा पीडाको अनुभूति हुने अध्यक्ष थापाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू