अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

हेटौंडामा टाटा सुमो दुर्घटना, नाबालिकासहित ३ को मृत्यु, ८ जना घाइते

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:४५ मा प्रकाशित

हैटौंडामा यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा नाबालिकासहित ३ जनाको मृत्यु भएको छ । फाखेल काठमाडौँ रुटमा चल्ने ना १ ज ३६४० नम्बरको टाटा सुमो शुक्रबार दिउँसो भीमफेदी गाउँपालिकाको चिसापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा रामेछाप रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माइस्थान–६ बस्ने ७० वर्षीय बिरसिंह वाइवा, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–३ का ६० वर्षीय महेन्द्र सहनीको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभएको छ । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भइरहेको छ ।

समरागीको चुरेहील अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो । आमा सविता माझीसंगै सर्लाहीबाट आएकी बालिकाको दुर्घटनामा मृत्यु भएको हो । आमा सविता घाइते भएकी छन् । सुमो सडकबाट ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू