अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

बेलायत सरकारविरुद्ध गोर्खा सत्याग्रह समिति आमरण अनसनको तयारीमा, अक्टोवर २४ सम्मको अल्टिमेटम

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:४० मा प्रकाशित

गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकार विरुद्ध आमरण अनसनमा बस्ने चेतावनी दिएको छ । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार बेलायत सरकारले पटक पटकको आग्रहलाई सुनुवाइ नगरेकाले संघर्ष समितिले आमरण अनसनमा उत्रिने चेतावनी दिएको हो । संघर्ष समितिसँगै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) समेत यहीँ विषयमा संघर्षमै छ । गोर्खा सत्याग्रह संघर्ष समितिले अक्टोबर २४ सम्ममा माग पूरा नगरे बेलायत सरकार विरुद्ध आमरण अनसनमा बस्ने चेतावनी दिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समितिका अध्यक्ष ज्ञानराज राईले नेपाल सरकार र बेलायती सरकारले वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । उहाँले बेलायत सरकारविरुद्ध आफूहरुले दिएको चेतावनी बाध्यात्मक भएको बताउनु भयो ।

पहिलो विश्वयुद्धदेखि बेलायतको पक्षमा गोर्खा फौजले काम गरेको थियो । बेलायतको राष्ट्रियता र स्वाधीनताका लागि नेपाली गोर्खाको भूमिका महत्वपूर्ण छ । तर बेलायती र गोर्खालाई दिने सेवा सुविधामा भने विभेद हुँदै आएको छ । सोही बिषयलाई लिएर भूतपूर्व ब्रिटिस गोरखा सैनिक लामो समयदेखि संघर्ष गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू