अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

वीरगञ्जमा विद्यालय जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:३७ मा प्रकाशित

वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रबार बिहानै एसिड प्रहार भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

छपकैयास्थित आफनो घरबाट बिहान विद्यालय जानेक्रममा २ जना युवकले खातुनलाई वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् । बिहान ६ बजे विद्यालय जादै गर्दा अचानक खातुनमाथि एसिड प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छिन् ।

एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया मक्सेद आलम रहेको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । उनी पक्राउ परिसकेका छन् । गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएकामा त्यहाँबाट काठमाण्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू