अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

सबै विमानस्थलमा सेवा–सुविधा थप्ने काम शुरु– पर्यटनमन्त्री मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:२८ मा प्रकाशित

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु गरिउको बताउनुभएको छ । शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताउनुभयो ।

काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा ‘पर्यटन वर्ष २०२०’ लक्षित कार्यक्रम पनि लागू हुने मन्त्री भट्टराईको भनाई छ । सो अवसरमा उहाँले सरकार नागरिकलाई सेवा सुविधा दिन सधै तयार रहेको भन्दै आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने घोषणा गर्नुभयो ।

शुक्रबारबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउने गर्दथे । अब भने यो झन्झट हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू