अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

प्रधानमन्त्री स्वस्थ र नियमित काम गर्नसक्ने अवस्थामा– निजी चिकित्सक शाह

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित कामलाई निरन्तरता दिनसक्ने जानकारी दिनुभएको छ । सिंगापुरमा उपचार गराएर शुक्रबार फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे डा. सिंहले शुक्रबार नै विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।

डा. सिंहले विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको र उहाँले अब आफ्नो नियमित कामलाई निरन्तरता दिनसक्ने डा. शाहले जार िगरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि साउन १८ मा स्वास्थ्य उपचारका लागि गएर २७ गते फर्कने क्रममा पनि प्रधाननमन्त्रीले आफू ठीक भएको जानकारीमात्र सम्प्रेषण गर्नुभएको थियो । यद्यपि चिकित्सकको धारणा भने आएको थिएन । यद्यपि त्यसको केही दिनमै भदौ ५ गते स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गर्नुभएको थियो । उहाँको शरीरमा एन्टिबडी बढी देखिएकाले सात दिनसम्म उनलाई सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू