अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

युरोकप फुटबल छनौट – इटाली, डेनमार्क र स्वीडेन विजयी

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:२३ मा प्रकाशित

युरोकप फुटबल छनौटका खेलहरुमा इटाली, डेनमार्क र स्वीडेन विजयी भएका छन् । सम्पन्न खेलमा ४ पटकको विश्वविजेता इटालीले छनौट चरणको पाँचौ खेलमा कमजोर प्रतिद्वन्द्वी अर्मेनियालाई ३–१ ले पराजित गरेको छ ।

समूह ‘जे’ कै अर्को खेलमा फिनल्याण्डले ग्रिसलाई १–० ले हराउँदा बोस्नियाले लिचेस्टाईनलाई ५–० ले निराश पारेको छ । यो समूहमा ५ खेलबाट १५ अंक जोडेको इटाली शीर्ष स्थानमा रहँदा १२ अंकसहित फिनल्याण्ड दोस्रो स्थानमा छ ।

समूह ‘एफ’ मा स्पेनले रोमानियालाई २–१ ले हराउँदा स्विडेनले फारो आइल्याण्डमाथि ४–० को तथा नर्वेले माल्टामाथि २–० को जित निकाल्न सफल रह्यो । यो समूहमा ५ खेलबाट १५ अंक जोडेको स्पेन शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको स्वीडेनले १० अंक जोडेको छ ।

यसैगरी, गएराति भएको समूह ‘डि’ को खेलमा डेनमार्कले जिब्राल्टरलाई ६–० ले हराउँदा आयरल्याण्ड र स्विट्जरल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू