अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

पोखरामा सेतो पुतली (सापु)को आतंक, दैनिक सरदर ५ जना प्रभावित

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:२० मा प्रकाशित

पोखरामा सेतो पुतली (सापु)को आतंक फैलिएको छ । रातको समयमा ट्युवलाईट र बिजुली बत्ती, पर्दा, कपडा, झ्यालमा झुम्म भएर बस्ने सेतो पुतलीको झुस आखाँमा पर्दा आखाँको ज्योतिसम्म गुम्ने चिकित्सकहरुले बताएका छन् ।

रातको समयमा सडकका छेउछाउका बिजुलीका बत्तीमा देखिने सेतो पुतली आखाँमा पर्दा आँखाको ज्योति नै बन्द हुन सक्ने डा. ईलिया श्रेष्ठले बताउनुभयो । केहि दिनदेखि पोखरामा देखिएको सेतो पुतलीको असरले दैनिक जसो ४—५ जना विरामी हिमालय आँखा अस्पतालमा जाने गरेको उहाको भनाई छ ।

४४ वर्ष अघि पोखरामै यस्तो पुतली पहिलो पटक फेला परेको थियो । सेतो पुतलीमार्फत हुने आँखाको संक्रमणका लक्षणहरुमा एक्कासी एउटा आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा कमी आउनु, दुखाई सामान्य भन्दा बढी हुनु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिने चिकित्सकहरु बताउँछन् । रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको ज्योति गुम्न सक्ने डा. श्रेष्ठले बताउनुभयो ।

पोखरासहित गण्डकी प्रदेशमा देखिएको सापुको प्रकोपबाट हिमालय आँखा अस्पतालमा उपचारका लागि गएका बिरामीमध्ये ३४ जना कास्कीका छन् । यो रोगबाट प्रभावित बिरामीहरु पर्वत, स्याङ्जा, बाग्लुङबाट पनि दैनिकजसो रुपमा अस्पताल जाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू