अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

सुनको मूल्य एकै दिन प्रतितोला १४०० रुपैयाँले घट्यो

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:१९ मा प्रकाशित

लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

महासंघका अनुसार आज सुन तोलाको एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।

बिहीबार पनि छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ७०० रुपैयाँ तोकिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ७३ हजार १०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य रु ९०० कायम गरिएको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला रु ९४० मा खरीदबिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू