अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७६ भदौ २० गते ०:५० मा प्रकाशित

स्वास्थ्य लाभ गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । उहा केही समय अगाडी थाइ एयरवेजको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर जानु भएको थियो । उहाको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो । अस्पतालले उपचार सोचे अनुरुपको ठिक भएको भन्दै विहिवार डिस्चार्ज गरेको थियो । प्रधानमन्त्रीलाई भेट्न गएका सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सँगै फर्कनु भएको छ ।

प्रधानमन्त्रीका साथमा उहाकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सिंंगापुर जानुभएको थियो । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसक्नु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू