अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

इकुटेरियल गुएनामा एनआरएनएको नयाँ कार्य समिति गठन, अध्यक्षमा कृष्णचन्द्र सेढाई

बिआरटीनेपाल २०७६ भदौ १९ गते ११:५६ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ, ईक्युटरिएल गेनिया राष्ट्रिय समन्वय परिषद्को दोस्रो राष्ट्रिय महाधिवेशन आज मिति 2019-09-01 (१५-०५-२०७६) मा मलाबो सहरमा सम्पन्न भएको छ। यस महाधिवेशनले कृष्णचन्द्र सेढाईको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति दुई वर्ष (२०१९-२१) को लागि निर्विरोध चयन गरेको छ।

नवनिर्वाचित पदाधिकारीहरूमा, सुमन बिके उपाध्यक्ष , विष्णुहरि सेढाई महासचिव,दूतराज लामा कोषाध्यक्ष, र मान बहादुर कार्की, लवकुमार थपलिया, किशोर साह, तीक थपलिया, र सुनिल बिके लाई सदस्यमा निर्विरोध चयन हुनु भएको छ।

उक्त सभामा मालाबो तथा बाटा सहरमा बसोबास गरिरहेका नेपालीहरूको सहभागिता रहेको थियो। त्यसै गरी सभाले अध्यक्ष, महासचिव तथा कोषाध्यक्ष हरूले प्रस्तुत गर्नु भएको प्रतिवेदनलाई अनुमोदन पनि गरेको छ। सभामा निर्वाचन संयोजक किशोर साहले नव निर्वाचित पदाधिकारीहरूको घोषणा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।

साथै उहाँले सो अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सफेद खुवाउनु भएको थियो। चुनावी प्रक्रिया अनुगमनका लागि प्रतीक थपलियालाई मनोनीत गरिएको थियो।

गैर आवासीय नेपाली सङ्घ ईक्युटरियल गेनियाको मिति २०१९ -०९ -०१ मा बसेको दोस्रो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय समन्वय परिषद्को २०१९-२१ का लागि नव निर्वाचित पदाधिकारीहरू यस प्रकार रहेका छन् ।

अध्यक्ष : कृष्णचन्द्र सेढाई
उपाध्यक्ष : सुमन बि. के.
महासचिव :विष्णुहरि सेढाई
कोषाध्यक्ष : दूतराज लामा
सदस्य : .मान बहादुर कार्की
सदस्य : लवकुमार थपलिया
सदस्य : किशोर साह कानु
सदस्य : प्रतीक थपलिया
सदस्य : सुनिल बि.के

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू