अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

नेपाल–चीन सीमामा फ्याँकिए ‘आयो’ नुन

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:१८ मा प्रकाशित

नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले अनुदानमा पठाउने नुन नेपाल–चीन नाकाको मोरिम्ला र क्याटोमा फ्याँकिएको अवस्थामा भेटिएको छ । शे–फोक्सुण्डो गाउँपालिकाका जनताका लागि नुन पठाइएको थियो । कर्णाली प्रदेशका सांसद वीरबहादुर शाहीले अनुगमनमा क्याटो र मोरिम्ला नाकामा ठूलो परिमाणमा नुन भेटिएको जानकारी दिनुभयो । उहाँले दुर्गमका नागरिकका लागि पठाएको नुनको सदुपयोग नभएको बताउनुभएको छ ।

साल्ट कर्पोरेशन डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले गतवर्ष नुन फ्याँकिएको अवस्थामा देखेको बताउनुभएको छ । दुर्गम ठाउँमा वितरण गरिने भएकाले ढुवानीका दुःखले स्थानीयले नुन छाडेर हिंड्ने गरेका छन् । ठेकेदारले उपल्लो डोल्पासम्मै पुर्याएर वितरण गर्नुपर्ने भए पनि गाडी नजाने भएकाले नाकासम्म मात्रै नुन लगायतका खाद्यान्न पुर्याउने गर्छन् । खाद्यान्न र नुन चौरीलाई बोकाएर घरसम्म ढुवानी गर्नुपर्ने हुन्छ । वर्षमा एक पटक वितरण हुने नुन एक परिवारले ५० किलोसम्म पाउने कर्पोरेशनको भनाइ छ ।

राज्यले लाखौं लगानी गरेर अनुदानमा वितरण गर्ने नुन फ्याँक्नु गलत भएको धामी बताउनुहुन्छ । आवश्यक पर्ने मात्र माग गरेर पठाउन जनप्रतिनिधिलाई पटक–पटक आग्रह गरे पनि वास्ता नगरेको उहाको भनार्ए छ । त्रिपुरासुन्दरी नगरपालिका १ का नवराज थापाले पनि कसैलाई नुन अभाव भईरहेको त कतै फालाफाल भएको गुनासो गर्नुभयो । । अनुदानको नुन दुरुपयोग गर्नुभन्दा तल्लो भेगका जनतालाई वितरण गर्न उहाँले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू