अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

सुपरभाइजरको हत्या प्रकरणमा मलेसियामा दुई नेपाली पक्राउ

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:१६ मा प्रकाशित

तलब नदिएको झोंकमा आफ्ना सुपरभाइजरको हत्या गरेको आरोपमा मलेसियामा दुई नेपाली सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना घटेको केही दिनपछि खुलासा भएको सो घटनाको बारेमा प्रहरीले जानकारी लिइसकेको र घटनालाई हत्याको रुपमा कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

सुपरभाइजर ५४ वर्षिय ली पोह मेङ्ग भएको बताइएको छ । घटनामा संलग्न नेपालीको नाम भने खोलिएको छैन । उनको हत्यापछि स्थानीय स्टाफ ट्वाइलेटमा लगेर शव राखिएको जनाइएको छ । घटना जलनको १३–२ अपार्टमेन्टमा भएको थियो । सुपरभाइजरको शव रगताम्य अवस्थामा पाइएको थियो ।

सीसीटिभी फुटेजमा देखिएअनुसार घटना गएको आइतबार बेलुका ६ बजेर १० मिनेट जाँदाको हो । पहिला उनलाई हेल्मेटले पिटिएको पाइएको छ । सुपरभाइजरले पैसा नदिएपछि गार्डले पिटेका हुन् । सो घटनामा संलग्न भएको आरोपमा अन्य तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती सबै जनालाई जुन अपार्टमेन्टमा घटना भएको हो, सोही अपार्टमेन्टबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू