अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

विश्वकप फुटबल छनोटका खेलहरु आजदेखि – नेपालले कुवेतसँग खेल्दै

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:११ मा प्रकाशित

विश्वकप फुटबलको छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ ।कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समय अनुसार आज राती पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दैछ ।फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेल नेपालमै खेल्नुपर्ने भएपनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले होम गेमको सट्टा पहिला कुवतेसँग अवे खेल खेल्न लागेको हो ।विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । दुई देशविच अहिलेसम्म भएका ६ वटा खेलमध्ये ५ खेलमा कुवेत विजयी हुँदा एक खेल बराबरीमा साकिएको छ । यी ६ खेलमा नेपालले कुवेतसँग २२ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ ।

प्रतिक्रिया