अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

भारत पञ्जाबको पटाका कारखानामा बिस्फोट, कम्तिमा २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:०८ मा प्रकाशित

भारत पञ्जाबको गुरदासपुरको बटालामा रहेको एक पटाका कारखानामा बिस्फोट हुँदा कम्तिमा २३ जनाको ज्यान गएको छ। बुधबार भएको बिस्फोटका कारण कारखाना रहेको भवन भत्किएको छ । घटनामा अरु केही घाइते भएका छन् । पञ्जाबमा मुख्यमन्त्री अमरिंदर सिंहले घटनाको जाँच गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने घोषणा गर्नुभयो । अमृतसर मेडिकल कलेजमा उपचार भइरहेका गम्भीर घाइते सातजनाको उपचारका लागि ५० हजार र अरु घाइतेका लागि २५ हजार प्रदान गर्ने पञ्जाब सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू