अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

अफगानिस्तानको काबुलमा कारबम विस्फोट, १० जना मारिए

बिआरटीनेपाल २०७६ भदौ १९ गते ७:५९ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार तालिबान विद्रोहीले गराएको एउटा कारबम विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । अफगानिस्तानको काबुलस्थित विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कारबम विस्फोट गराइएको हो ।

अमेरिकी राजदूतावासनजिकै रहेको विदेशी कूटनीतिक नियोगमा भएको विस्फोटमा परी ४० जना घाइते भएका छन् । गएको सोमबार पनि काबुलमा तालिबानको बम आक्रमणमा परी १६ जनाको ज्यान गएको थियो ।

यसैबीच, अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ । १८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुनलाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू