अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

पत्रकार रवि लामिछाने उच्च अदालतमा, धरौटीको आदेश बदरको माग

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:४९ मा प्रकाशित

चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै पत्रकार रवि लामिछाने र युवराज कँडेलले उच्च अदालतमा निवेदन दिएका छन् ।

केही दिन अघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू