अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

चीनका विदेशमन्त्री आइतबार नेपाल आउने

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:३५ मा प्रकाशित

चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यी नेपालको दुई दिने भ्रमणका लागि आउँदो आइतबार काठमाडौं आउनुहुने भएको छ । उच्च सरकारी स्रोतका अनुसार उहाँ आउँदो शनिबार पाकिस्तानमा हुने पाकिस्तान, अफगानिस्तान र चीन वार्ताका लागि जाने र उतैबाट नेपाल आउनुहुनेछ ।

नेपालको भ्रमण सकेपछि वाङ सेप्टेम्बर ९ र १० नयाँ दिल्लीमा सीमा सम्बन्धी वार्ताका लागि जाने यसअघि बताइए पनि भारत अहिले सीमा सम्बन्धी वार्ताका लागि तयार नरहेको जानकारी गराइएको बुझिएको छ । सीमा सम्बन्धी वार्तामा भारतीय पक्षको नेतृत्व प्रधानमन्त्रीका रक्षा सल्लाहकार अजित डोभलले गर्ने कार्यक्रम रहेको थियो । तर, त्यस सम्बन्धी अन्तिम निर्णयको टुंगो भने नलागेको जनाइएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले भने चिनियाँ विदेशमन्त्रीको भ्रमणको बारेमा औपचारिक रुपमा केही बोलेको छैन । उहाँको भ्रमणको क्रममा चीनका राष्ट्रपतिले अर्को महिना गर्न सक्ने नेपाल भ्रमणको बारेमा छलफल हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू