अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५३ | Colorodo: 14:08

नेपाललाई स्वीस, बेलायत र नर्वेको ११ अर्ब अनुदान सहायता

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:३४ मा प्रकाशित

यूरोपियन युनियनमा आवद्ध तीनवटा देशले नेपाललाई करीब ११ अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ। बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउने तथा सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यका साथ सो अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर गरेका हुन।

नेपालका लागि स्विजरल्याण्डका राजदुत एलिजावेथ भोन क्याप्लर, नेपालका लागि नर्वेका राजदुत लास्से जोहाननेशेन र बेलायतका अन्तराष्ट्रिय नियोग (डिएफआईडी)का सचिव माथेऊ जोनले अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालसँग छुट्टाछुट्टै सम्झदारी पत्रमा सो रकम नेपालको प्रदेश र स्थानीय तहको क्षमता बढाउन र सार्वजनिक सेवामा सुधार ल्याउने कार्यक्रममा खर्च हुने भनिएको छ।

सहसचिव नेपालले सो रकम चालू आर्थिक वर्षदेखि ४ वर्ष भित्र नेपाललाई उपलब्ध गराई सक्ने पनि समझदारीमा उल्लेख गरिएको बताउनुभयो । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको सो समझदारी पत्रमा नेपालको दीगो विकास तथा तीनवटै तहमा देखिएको असमझदारी हटाउन पनि सो अनुदान सहायताले सघाउ पुर्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू