अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

गाई र कुकुर मारेको घटनाको विरोधमा पशुप्रेमीहरु सडकमा

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:३३ मा प्रकाशित

गत शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट सुर्खेत पुर्याई भीरबाट लडाएर गौहत्या गरेको तथा खोटाङको दिक्तेलमा सामूहिकरुपमा कुकुर मारेको घटनाको विरोध गर्दै बुधबार राजधानीको माइतीघर मन्डलामा प्रदर्शन गरिएको छ ।

पशु कल्याण संघ नेपालको अगुवाइमा पशुप्रेमीहरुले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारहरु पशुपक्षीप्रति संवेदनशील नबनेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले पशु संरक्षण ऐन तत्काल लागू गर्न सरकारसँग माग गरेका थिए । उनीहरुले गौहत्या तथा कुकुर हत्यामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू