अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

बेलायतमा ब्रेक्जिट विरुद्धमा मतदान, संसदमा प्रधानमन्त्री जोनसन कमजोर

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:३० मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद्मा बहुमत गुमाउनुभएको छ । बेलायती सांसदहरुले प्रधानमन्त्री जोनसनको प्रस्तावको विरुद्धमा मतदान गरेसँगै संसदमा उहाँ कमजोर बन्नुभएको हो । संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेपछि प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झड्का लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेका छन् । जसका कारण अब उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन् । सो विधेयकमाथि संसद्मा छलफल हुने बताइएको छ । गएरातिको मतदानमा सरकारको पक्षमा तीन सय एक मत र विपक्षमा तीन सय २८ मत खसेको थियो ।

प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने यसअघि नै बताईसक्नुभएको छ । सरकारले अक्टोबर १५ तारिखमा आमचुनाव गराउने तयारी गरेको बिबिसीले जनाएको छ । युरोपेली संघको बैठक बस्नु भन्दा २ दिनअघि निर्वाचन गराउने सरकारले तयारी गरेको बताइएको छ ।

पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसन संसद्मा कमजोर बन्नु भएको हो । योसँगै ६ सय ५० सदस्यीय ब्रिटिश संसद्मा कन्जरभेटिभ पार्टीको तीन सय ९ र डेमोक्याट्रिकक युनियन पार्टीको १० सांसदसहित प्रधानमन्त्री जोनसनसँग अब तीन सय १९ सांसदको समर्थन छ भने विपक्षी दलसँग तीन सय २० सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू