अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

स्याङ्जामा जीप दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:२० मा प्रकाशित

स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप आज दिउसो दुर्घटनामा परेको हो ।

घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार वालिङ –११ स्याङजाकी ३४ वर्षीया मञ्जु गैरे, वालिङ–१३ वायखोलाका नौ महिने बालक पल्सन परियार र रम्भा गाउँपालिका–१ की ७२ वर्षीया सीता नेपालीको मृत्यु भएको जनाएको छ ।

लु १ ज ३८४१ नम्बरको जिप विपरित दिशाबाट आउँदै गरेको बसलाई साइड दिँदा दुर्घटनामा परेको हुन सक्ने गल्याङ प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जीपमा २३ यात्रु सवार रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू