अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

पत्रकार हमालको रिहाइको माग गर्दै पोखरामा प्रदर्शन

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:१८ मा प्रकाशित

पोखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला इञ्चार्ज कृष्ण वाग्ले (रूपेश)सँगै हमाललाई प्रहरीले भदौ ६ गते पक्राउ गरेको हो ।

हमाललाई मंगलबार रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएपनि तत्कालै सर्वाेच्च अदालतको गेटबाहिरबाट प्रहरीले पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका थिए ।

साथै महासंघको तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाइएको छ । ज्ञापनपत्रमा पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरिएको छ ।नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक रहनुभएको छ ।

हमालले इञ्चार्ज रूपेशको अन्तर्वार्ता लिन जाने क्रममा प्रहरीले पक्राउ गरेको दावी गर्नुभएको छ भने प्रहरीले हमाल विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू