अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

गौरीघाट तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

मुनामदन सिलवाल २०७६ भदौ १७ गते १३:३० मा प्रकाशित

काठमाडौँ, गौरी घाट तिज विशेष सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

भाद्र १६ गते तिजको अवसरमा जापानी सूचना केन्द्र, नेपालले स्थानीय सङ्घसंस्थाहरूलाई समन्वय गरी कार्यक्रम सम्पन्न गरेको हो । जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगनकुमार थापाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । तिजले पर्वसँगै नारीहरूको स्वच्छताको सवाल भएकाले यसमाथि कसैले पनि रोक लगाउने नमिल्ने भन्दै तिजपर्वलाई हर्षोल्लासका साथ मनाउन सबैलाई अनुरोध गर्नुभयो । साथै थापाले तिज पर्व मनाउने नाममा बढ्ता तडकभडक र देखासिकी नगर्न प्रमुख अतिथि थापाले अनुरोध गर्नुभयो । 

त्यस्तै, विशेष अतिथि प्रदेश सभासद् राधा घलले महिलाहरूले आफूले प्राप्त हक र अधिकारलाई सुनिश्चित गर्दै आफ्नो कर्तव्यलाई भुल्न नहुने धारणा राख्दै आफ्नो घरपरिवारलाई सुन्दर पार्ने कार्यमा हामी महिलाहरूको हात सदैव अब्बल रहनुपर्नेमा जोड दिनुभयो ।

अतिथि काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष शुद्ध कुमार डङ्गोलले हाम्रो धर्म संस्कार र संस्कृतिलाई टेवा पु¥याउने खालका कार्यहरूमा सामूहिक एकता र मित्रताका हात अघि सार्दै जुट्न सम्पूर्ण वडावासीहरूलाई अनुरोध गर्नुभयो । साथै उहाँले हाम्रा चाडपर्व र संस्कृतिलाई जगर्ने गर्नका लागि वडा सदैव स्थानीय सङ्घसंस्थाहरूसँग हातेमालो गर्न तयार रहेको समेत धारणा राख्नुभयो । त्यस्तै, अतिथि महिला वातावरण समूहकी अध्यक्ष अन्जुसिंह शाहले वातावरण मैत्री ढङ्गबाट तिज पर्व मनाउन सम्पूर्ण महिला दिदिबहिनीहरुलाई अनुरोध गर्नुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं. ७ का सदस्य निर्मला पुडासैनी, वडा नं. ८ की सदस्य इन्दिरा भण्डारी, शहिदस्मृति सामुदायिक सेवा समाजकी उपाध्यक्ष विनु क्षेत्री, सामुदायिक सेवा केन्द्र, चाबहिलका अध्यक्ष उद्धवप्रसाद बडाल, महिला सुरक्षा दबाब समूहकी इरादा गौतम पराजुली, कुमारी गाल टोल सुधार समितिका अध्यक्ष मुकुन्द अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जापानी सूचना केन्द्र, नेपालकी सचिव विमला राउत क्षेत्रीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मुना न्यौपानेले गर्नुभएको थियो । अरुणिमा स्कुलमा कक्षा ४ मा अध्ययनरत मृदु सिलवालद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो भने रिभेरा इन्टरनेशन एकेडेमीकी छात्रा पल्पसा दवाडीद्वारा तिज सम्बन्धी विशेष प्रस्तुति एवं अन्य कलाकारहरूले तिजसम्बन्धी मौलिक नृत्य झाँकीसहित प्रस्तुत गरेका थिए । सो कार्यक्रममा गायक डिल्ली काफ्ले, झोटन मेहता तथा कलाकारहरू देवराज आचार्य, रञ्जना भुजेल, काबु बुढा, राम बालक यादवले कुशल नृत्य तथा अभिनय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय सङ्घसंस्थाहरूलाई समावेश गरी मूल आयोजक समिति गठन गरिएको थियो । जसमा संयोजक श्यामकुमार बुढाथोकी, महिला संयोजक संस्थाकी सचिव विमला राउन क्षेत्री, सह–संयोजक द्वय संस्थाका सदस्य भरत श्रेष्ठ, संस्थाका कोषाध्यक्ष दिनेशकुमार काफ्ले, साथै आर्थिक संयोजक संस्थाका उपाध्यक्ष विष्णुप्रसाद तिमल्सिना र सदस्यहरूमा परमेश्वर विष्ट, प्रश्न बुढाथोकी, नबिना काफ्ले, गीता मानन्धर, मुना न्यौपाने, शर्मिला पुडासैनी, समिता भट्टराई, अप्सरा भट्टराई, मुना देवकोटा, लक्ष्मी पोखरेल, प्रमीला चौलागाईं, विनु क्षेत्री, कृष्णराम खिचाजु, सुदीप भट्टराई र सुमीत श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू