अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

हेपाटाइटिस बी नियन्त्रणमा विश्व स्वास्थ्य संगठनद्धारा नेपाल सम्मानित

बिआरटीनेपाल २०७६ भदौ १७ गते ८:१५ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस बी नियन्त्रणमा पाएको सफलताका लागि नेपाललाई सम्मान गरेको छ । जनस्वास्थ्य सूचकांक सुधारका लागि गरेका प्रयासमा सफलता प्राप्त गर्ने ६ राष्ट्रलाई विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एशियाली क्षेत्रको ७२ औं सत्रमा सम्मान गरिएको हो ।

भारतको नयाँ दिल्लीमा मंगलबार आयोजित कार्यक्रममा नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सम्मान ग्रहण गर्नुभयो । हेपाटाइटिस बी नियन्त्रणका लागि नेपालसहित चारवटा दक्षिण एशियाली राष्ट्रहरु बंगलादेश, भूटान र थाइल्याण्डलाई सम्मान गरिएको छ ।

यस्तै श्रीलंकालाई दादूरा उन्मूलनमा पाएको सफलताका लागि सम्मान गरिएको छ । आमाबाट बच्चामा सर्ने एच.आई.भी र सिफीलिश उन्मूलनमा प्राप्त उपलब्धिका लागि माल्दिभ्सलाई सम्मान गरिएको छ ।

सम्मान समारोहमा बोल्दै विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एशियाली राष्ट्रकी क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले कुनै पनि रोगको उन्मूलन गर्नु यस क्षेत्रका पहिलो प्राथमिकताका रुपमा विश्व स्वास्थ्य संगठनले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू