अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

बेलायतका नेपाली लगानी गर्न इच्छुक –मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७६ भदौ १७ गते ८:०९ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वेलायतमा बस्ने नेपालीहरू प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताउनु भएको छ । १० दिने बेलायत भ्रमण सकेर स्वदेश फर्कने क्रममा मंगलबार पोखरा विमानास्थलमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न बेलायतबासी नेपाली उत्साहित देखिएको बताउनु भएको हो ।

एनआरएन वेलायत र व्यावसाय गरेर बसेका नेपालीसँगको छलफलको क्रममा प्रदेशमा लगानीका लागि इच्छा देखाएको र लगानीमैत्री वतावरण बनाउने आफूले बचन दिएको उहाँले बताउनु भयो । मुख्यमन्त्रीको वेलायत भ्रमणको क्रममा पोखरा सहर र वेलायतको म्यानचेष्टर सिटीवीच भागिनी सम्वन्ध कायम गर्ने विषयमा त्यहाको प्रतिनिधिसँग छलफल भएको छ । वेलायतका नेपालीभाषी जनप्रतिनिधि नर्थ योर्कसायरका मेयर जनक शर्मा र लण्डनका डेपुटी मेयर लक्ष्यु गुरुङसँग भेटेर दुई पक्षीय हित र सहयोग सम्वन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

आफ्नो बेलायत बसाईका क्रममा मुख्यमन्त्री गुरुङले अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूको समूहसँग समेत छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू