अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलायो

बिआरटीनेपाल २०७६ भदौ १७ गते ८:०८ मा प्रकाशित

गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटरका कर्मचारी माग गरेको हो । उनिहरु राजपत्र अनङ्कित प्रथम श्रेणी सरहका हुनेछन् । इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७ सय ५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो । एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले आज गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ । दरखास्तका लागि १५ दिनको समय दिइएको छ ।

एमआईएस अपरेटर नौ सय ९४ जना र फिल्ड सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) नौ सय ९५ जना कर्मचारी माग गरिएको गृहले जनाएको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउनेछन् । प्लस टु र एसएलसी वा सो सरह उत्तिर्ण गरेकोले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ । उम्मेदवारले दुई वटा पदमै दरखास्त दिन चाहने हो भने बेग्लाबेग्लै दरखास्त फारम भर्न पनि गृहले अनुरोध गरेको छ । नाम निकाल्नेहरूले कम्तीमा एक बर्ष रोजगार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू