अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

‘१९९० बाटै नेपालमा राजतन्त्र हटाउने रअ को खेल’- रअ पुर्व बिशेष निर्देशक भूषण

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:३९ मा प्रकाशित

सन् १९९० मा भारतको रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ)ले नेपालमा निरंकुश राजतन्त्रलाई हटाएर संवैधानिक राजतन्त्रका लागि मद्धत गरेको एक पूर्वअधिकारीले जनाएका छन् । रअका पुर्व बिशेष निर्देशक अमर भूषणले उनको पुस्तक ‘इनसाइड नेपाल’मा सो कुरा उल्लेख गरेको डीएनए इन्डियाले जनाएको छ । उनका अनुसार सन् १९८९ र १९९० मा युनिट नै बनाएर राजा वीरेन्द्र वीर विक्रम शाहको नेतृत्वमा रहेको शाहबंशलाई फाल्ने प्रयास गरिएको थियो ।

राजीव गान्धीले जनआन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको जनाउँदै केही तरिकाले नेपालका राजालाई दबाब दिने प्रयास गरेको जनाएका छन् । प्रजातन्त्रलाई संस्थागत गर्नका लागि दबाब दिन त्यतिबेला खाद्यान्नमा नाकाबन्दी गरिएको समेत पुस्तकमा जनाइएको छ । त्यो बेलामा राजाले चीनको सहयोग लिन खोजेको र यो अवस्थामा भारतलाई थप चिन्तित बनाएको उल्लेख छ ।

डीएनए इन्डियाको अनलाइन संस्करणले जनाएअनुसार पुस्तकमा रअ हेर्नेगरी जीवनाथन आएपछि कुटनीतिज्ञले बाँकी राखेका काम गर्न खटिएको जनाइएको छ । पुस्तकमा अन्य राजनीतिक पार्टीसँग हात अघि बढाउनका लागि तत्कालीन नेकपा माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई लोभ्याइएको समेत जनाइएको छ । प्रचण्डपछि सन् २००८ र २०१६ मा प्रधानमन्त्री बनेको समेत पुस्तकमा जनाइएको सो अनलाइनले जनाएको छ ।

केही पटकको वार्तापछि प्रचण्ड सहमत भएको जनाउँदै जीवनाथनसँग प्रचण्डले रअको चासोको बारेमा प्रश्न सोधेको जनाइएको छ । जसमा प्रचण्डले हामी राजाको शासनमा रहौं वा पिपुल्स डेमोक्रेसीमा जाऔं तपाईंहरुलाई किन चासो भनेर सोधेको समेत उल्लेख गरिएको छ । अपरेसनपछि नेपाली राजनीतिज्ञहरु जीवनाथनलाई भेट्न आएको र उनी पछि पन्छिएको समेत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू