अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 17:21

भक्तपुर क्यान्सर अस्पतालमा पदाधिकारीलाई प्रवेश निषेध

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:३१ मा प्रकाशित

भक्तपुर क्यान्सर अस्पतालमा पदाधिकारीलाई प्रवेश निषेध गरिएको छ । अस्पतालका कर्मचारीले पदाधिकारीलाई प्रवेश निषेध गरेका हुन् । अस्पताल कर्मचारी कल्याणकारी समितिले अध्यक्ष लोकेन्द्र बहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव बिमलकुमार होडालाई प्रवेश निषेध गरेको हो ।
कर्मचारीले विरोध कार्यक्रम नै गरेर पदाधिकारीलाई अस्पताल निषेध घोषणा गरेका हुन् ।

कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले पदाधिकारीले अस्पताल अनियमितता गरेको आरोप लगाउँदै त्यही कारण प्रवेश निषेध गरिएको बताउनु भयो । ‘पदाधिकारीले अस्पतालको भौतिक संरचना निर्माण र बिरामीको लागि आएको बजेट दुरुपयोग गरेका छन्’ उहाँले भन्नुभयो, ‘पदाधिकारीलाई अब कुनै हालतमा अस्पताल प्रवेश गर्न दिन्नौ ।’

अस्पतालमा पदाधिकारी र कर्मचारीबीच पहिल्यैदेखि विवाद हुँदै आएको थियो । दुई पक्षबीच लामो समयदेखि विवद भएपछि भक्तपुर नगरपालिकाले अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो । नगरपालिकाले मेयर सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति ेबनाएको हो । नयाँ व्यवस्थापन समिति गठन भएपछि अस्पतालमा कर्मचारी र पदाधिकारीबीच विवाद झन् उत्कर्षमा पुगेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठले अस्पतालमा नयाँ समिति गठन भएपछि पनि अस्पतालले दिएको सेवा तथा सुविधामा कमी नआएको बताउनुभयो । उहाँले नयाँ समिति आएपछि कर्मचारमिा उर्जा थपिएको र विरामीलाई दिने सेवा समय एवं थप सेवा संचालन गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू