अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

एनआरएनए डेनमार्कको अध्यक्षमा खड्का विजयी

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:१३ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा रवीन्द्र खड्का विजयी हुनु भएको छ । सम्पन्न मतदानमा ५२४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी डोलराज पौडेललाई ११९ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

कुल १ हजार ६२ मतदाता रहेकोमा निर्वाचनमा ९५४ मत मात्रै खसेको थियो । अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदका लागि भएको मतदानमा रमेश काफ्लेले विजयी हुनु भयो । यस्तै महासचिव शैलेन्द्र अधिकारी, महिला संयोजकमा शोभा न्यौपाने विजयी हुनुभएको छ ।

यसअघि नै महिला उपाध्यक्षमा अन्जु पराजुली, सचिवमा महेश सिंह खत्री, कोषाध्यक्ष रविन काजी श्रेष्ठ र युवा संयोजकमा शशि श्रेष्ठ निर्विरोध निर्वाचित बन्नु भएको थियो । यस्तै दुई महिला सदस्यहरु शकुन्तला सुनाम र पुष्प खड्का बुढाथोकी पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा प्रकाश श्रेष्ठ, दीप शर्मा, लक्ष्मण कंडेल, नारायण बस्याल र सुनील आचार्य विजयी हुनुभएको छ । नयाँ नेतृत्वको कार्यकाल २ वर्ष अर्थात् सन् २०२१ सम्म रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू