अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

शिकागोमा तीज मनाईयो

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:१३ मा प्रकाशित

अमेरिकाको शिकागोमा रहेका नेपालीहरुले यो बर्षको तीज भब्य रुपमा मनाएका छन । तीजको दर खाने दिन सेप्टेम्बर १ को दिन पारेर शिकागोमा रहेको नेपालीहरुको साझा संस्था शिकागो ल्यान्ड नेपाली फ्रेन्डसिप सोसाइटीले दर खुवाउने र नाच्ने–नचाउने कार्यक्रम आयोजना गरेको हो ।

नेपालीहरुको बाक्लो बस्ती रहेको इड्जवाटर स्थित आर्मोरी पार्क बिल्डिङ्गमा आयोजित तीज गित कार्यक्रममा करिब ५ सय जना भन्दा बढी महिला दिदिबहिनी तथा दाज्युभाईहरुको उपस्तिथि रहेको थियो । दिउँसो २ बजेदेखि शुरु भएको दर खाने र नाच्ने नचाउने कार्यक्रम साँझ सम्म चलेको थियो ।

संस्थाको महिला बिभागद्वारा आयोजित तीज कार्यक्रमको अध्यक्षता कार्यसमिति सदस्य तथा महिला बिभाग प्रमुख त्रिपूरा सुन्दरी पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाकी कोषाध्यक्ष मेनुका थारुले गर्नु भएको थियो ।

सामाजिक अभियन्ता कबिता नेपालले सन्चालन गरेको कार्यक्रममा संस्थाका सभापति टेकराज पौडेल नेपाल सरकारका बाणिज्य दुत मार्भिन ब्रोस्टिन, एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर सत्यनारायण चौधरी, पुर्व सांसद रामकुमार ज्ञवाली, एनआरएन इलिनोइज च्याप्टरका सभापति ललनदेब डिसि, शिकागो साहित्य समाजका सभापति बिश्ना बिरही, एसियन काउन्सिलका सदस्य जितु राणा, संस्थाका सल्लाहकार लगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू