अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

अझै तीन साता मनसुन सक्रिय , देशभर बदली र वर्षा

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:०९ मा प्रकाशित

आज बिहानैदेखि देशभर मनसुन सामान्य बदलीको अवस्थामा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तथा मध्यका केही र पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्वी र मध्य पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी तीनदिनसम्म मौसम बदली नै हुने सम्भावना रहेको छ तर लगातार झरी भने पर्ने छैन । उहाँले आगामी करिब तीन साता अर्थात् यही सेप्टेम्बर २३ तारेख सम्म मनसुन कायम रहने भएकोले त्यतिन्जेलसम्म वर्षा भइरहने सम्भावना रहेको समेत बताउनुभयो ।

आज राति देशका अधिकांस स्थानहरुमा सामान्य देखिपूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि दिउँसो पनि देशभरी आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने र बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

आगामी २४ घण्टा देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकोले सामान्य सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू