अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

प्रधानमन्त्री ओलीलाई भेट्न दुई नेकपा सचिवालय सदस्य सिंगापुर जाँदै

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:०६ मा प्रकाशित

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका दुई नेता सिंगापुर जाने भएका छन् । नेकपाका नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जान लाग्नुभएको हो । उहाँहरु आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

दुबै नेता प्रधानमन्त्रीसँगै फर्किने योजनाका साथ त्यसतर्फ जान लागेको बताईएको छ । प्रधानमन्त्रीले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको बताइरहँदा पौडेल र गौतम सिंगापुर नै गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गत भदौ ५ गते स्वास्थ्य परीक्षणको फलोअपका लागि पुन सिंगापुर गएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ।

सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू