अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

मेसी, रोनाल्डो र भान फिफा वर्ष खेलाडीमा मनोनयन

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:०२ मा प्रकाशित

लियोनेल मेसी, क्रिष्टियानो रोनाल्डो र भर्गिल भान डायक पुन फिफा वर्ष खेलाडीको मनोनयनमा पनि पर्न सफल भएका छन्। फिफाले वर्ष उत्कृष्ट खेलाडीको सर्ट लिस्ट गरेको हो। फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो।

फिफाले सार्वजनिक गरेको वर्ष खेलाडीको अन्तिम मनोनयनमा युभेन्ट्सका रोनाल्डो, बार्सिलोनाका मेसी र लिभरपुलका भिर्गिल भान डायक परेका हुन्। गत वर्ष क्रोएसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए। मोड्रिचले रोनाल्डो र मोहमद सलाहलाई पछि पारेका थिए। यस सिजन लिभरपुलका डिफेन्डर डायकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ। उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो। यस्तै नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुराएका थिए। डायकले गत साता मात्र युईएफए वर्ष खेलाडी अवार्ड जितेकालेपनि उनीलाइनै मुख्य दाबेदारका रुपमा हेरिएको छ।

रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए। मेसीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए। यस्तै च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए। उनले युरोपियन गोल्डेन बुट समेत जितेका छन्। यस्तै महिला वर्ष खेलाडी युईएफए वर्ष खेलाडी अवार्ड जितेकी लुसी ब्रोन्ज, एलेक्स मोर्गन र मेगान रापोनी परेका छन्।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा सिटीका पेप ग्वार्डीवाला, लिभरपुलका योर्गेन क्लोप र टोटनह्यामका माउरिसियो पोचेटिनो रहेका छन्। महिला प्रशिक्षकतर्फ ग्रे नेभिल्स, जिल एलिस र सरिना विगम्यान रहेका छन्। वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन्। त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मेसी, जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परेका छन्।

प्रतिक्रिया