अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

नासाको अध्यक्षमा विनय अर्याल विजयी

विजय थापा २०७६ भदौ १६ गते ११:४४ मा प्रकाशित

डिसी । अमेरिकाको दक्षिण पूर्वी राज्यहरूमा रहेका नेपालीहरूको छाता सङ्गठन नेपलिज एसोसिएसन ईन साउथ इस्ट अमेरिका (नासा)को अध्यक्ष पदमा विनय अर्याल विजयी भएका छन् । अर्यालले अध्यक्ष पदको लागि चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरु क्रमशः डा ठाकुर कार्की (विद्या वारिधि ), शिव विष्ट तथा पशुपति न्यौपानेलाई हराउँदै आगामी २०१९ -२०२१ को लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्वाचन अगाडी अर्यालले नेपाली समुदायमा रहेका आफ्ना शुभ चिन्तक ,बुद्धिजीवी ,विभिन्न पेसामा संलग्न व्यक्तिहरू, पूर्व अध्यक्षहरू, विभिन्न सङ्घ/ संस्थाहरूका पदाधिकारी, साथीभाइहरूको सरसल्लाह अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका थिए । कुरा र गफमा हैन कर्ममा विश्वास गरौँ, बोलेको कुरा गरेर देखाऊ भन्ने नारा सहित उनले उम्मेदवारी दिएका थिए । नासाका वर्तमान कार्यकारी समिति सदस्य समेत रहेका अर्याल आगामी २०१९-२०२१ का लागि अध्यक्ष पदमा दुई वर्ष काम गर्ने छन् । अर्यालले आफ्नो मुख्य कार्यसूची भनेको क्षमता भएका व्यक्तिहरूलाई अमेरिकाको मूलधारमा राजनैतिक ,आर्थिक र सामाजिक रूपमा नेपालीहरूलाई सहभागी गराउने उद्देश्यका साथ आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका थिए ।

अर्यालले नेपाली समुदायलाई अमेरिकी समुदायसँग समन्वय गरी नेपालीहरूलाई अगाडी बढाउन विविध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र विगतमा नासा मा रहेर योगदान गरिसक्नु भएका सम्पूर्ण अग्रजहरूलाई सम्मान गर्दै नयाँ पिँढीलाई उत्साहित बनाई नासा मार्फत सामाजिक कार्यमा सहभागी गराउन कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

अध्यक्षमा विजयी भएका अर्यालले हरेक नेपाली परिवार भित्र रहेको पहिलो पुस्ता र दोस्रो पुस्ताको बिचको अन्तरलाई कम गर्न समन्वय गरी पहिलो पुस्तालाई नेपालीहरूको कला, संस्कृति र सामाजिक अभियानमा सहभागी गराउन विशेष कार्यक्रम नासा मार्फत अन्य नेपाली स्थानीय संस्थाहरूसँग समन्वय गरी सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् । अर्याल, नर्थ क्यारोलाइनाको डेमोक्रेटिक पार्टीको गिलफर्ड काउन्टीका प्रिसिङ्गट् अध्यक्षमा निर्वाचित भई काम गरी रहेका छन् । नेपाल चितवन घर भई हाल नर्थ क्यारोलाइनामा बसोबास गर्छन् ।

अर्याल अमेरिकाको एएनए, एएनएस ,एनएससिआइ, लगायत विभिन्न सङ्घ/ संस्थासँग आबद्ध पनि रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू