अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

अस्ट्रेलियामा साहित्यिक अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ १६ गते ११:१५ मा प्रकाशित

गत शनिवार ३० अगस्ट २०१९ पर्थ अस्ट्रेलियामा आख्यानकार नयनराज पाण्डेसँग साहित्यिक अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । अनेसास पर्थले उक्त कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा लेखक पाण्डेले देश बाहिर हुने यस खालका गतिविधिले नेपाली साहित्यमा ठुलो योगदान पुग्ने बताए । साथै पाठकहरूले दिएको स्नेह र सम्मानलाई जिन्दगी भरी नबिर्सिने भन्दै आफूलाई सुन्न यति धेरै उपस्थिति अनुमानै नगरेको बताए । लेखक पाण्डेले अब अनेसासको धाकमा नेपाली साहित्यलाई विश्व बजारमा पुर्‍याउने जिम्मेवारी आएको बताए । नयनराज पाण्डेका ‘उलार, ‘लु’ देखि ‘यार’ र “सल्लिपिर” सम्मका सबै पुस्तकहरू चर्चित छन् । 

कार्यक्रमको दोस्रो खण्डमा कविता वाचन गरिएको थियो । मणि पनेरु, दीपक सुबेदी, चुरा मनी लामिछाने, एल बि क्षेत्री, नीरज क्षेत्री, हरि अधिकारी, रोमन मानभ, गणेश घिमिरे र नेपालबाट आउनु भएका अभिभावक आदिले कविता वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन अनेसास पर्थका उपाध्यक्ष हरि आधिकारीले गरेका थिए भने सहजकर्ताको भूमिका लेखक एल बि क्षेत्रीले निभाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू