अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४८ | Colorodo: 16:03

एक चिनियाँ ह्याकर भाग्दाभाग्दै विमानस्थलबाट पक्राउ

बिआरटीनेपाल २०७६ भदौ १६ गते ०:१३ मा प्रकाशित

नेपालका बैंकको एटीएम ह्याक गर्ने चिनियाँ ह्याकर समूहका एक व्यक्ति भाग्दाभाग्दै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति सु लु सिङ नाम गरेका एक चिनियाँ नागरिकलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

परिसरका एसएसपी उत्तमराज सुवेदीले उनीबारे आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । सु एटीएम ह्याकरमध्येका एक भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । शनिबार दरबारमार्गबाट प्रहरीले चिनियाँ ह्याकर समूहका पाँच जनालाई पक्राउ गरेको थियो । तीनजना फरार थिए । एसएसपी सुवेदीका अनुसार थप दुईजनाको खोजी कार्य जारी छ । शनिबार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन थिए ।

उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरिएको थियो । चिनियाँ अपराधिक समूह सोमबार (आज) नै स्वदेश फर्किने गरी शुक्रबार मात्रै नेपाल आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू