अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

हलिउड अभिनेता केविन हार्ट सवार कार दुर्घटना, लाग्यो गम्भीर चोट

बिआरटीनेपाल २०७६ भदौ १६ गते ०:१३ मा प्रकाशित

हलिउड अभिनेता केविन हार्ट अमेरिकाको लस एन्जलसमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । स्थानीय समय अनुसार आइतबार बिहान उनी चढेको कार दुर्घटनामा परेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

क्यालिफोर्नियाको हाइवेमा दुर्घटना भएको हो । हार्ट चढेको कारका ड्राइभरले नियन्त्रण गुमाएपछि सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो । हार्ट चोटग्रस्त भनिए पनि उनको चोटका बारेमा विस्तृत केही खुलाइएको छैन । तर टिएमजेडले भने हार्टको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको जनाएको छ ।

कारका चालक जेरड ब्ल्याक पनि घाइते भएका छन् । उनी घटना भएका बेला रक्सी सेवन गरेको अवस्थामा नरहेको जनाइएको छ । हार्ट स्ट्याण्ड–अप कमेडियन हुन् र उनले केही चलचित्रमा पनि काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू