अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

जनसम्पर्क समिति न्युयोर्क च्याप्टरद्धारा रक्तदान

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:१७ मा प्रकाशित

जनसम्पर्क समिति न्युयोर्क च्याप्टर अमेरिकाले आइतबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । जनसम्पर्क समिति न्यूयोर्कको यो १२ औं रक्तदान कार्यक्रम हो । यसले पहिलोपटक सन् २००८ डिसेम्बर २५ मा रक्तदान गरेको थियो ।

गत मे १२ मा पनि न्युयोर्कमा रक्तदान कार्यक्रम गरेको थियो । आयोजित कार्यक्रममा रक्तदाता अर्जुनप्रसाद मैनालीलगायत जनसम्पर्क समितिका अध्यक्ष रोशन ढुङ्गाना लगायतकाले रक्तदातालाई प्रमाण–पत्र प्रदान प्रदान गर्नुभएको थयो । कार्यक्रम अनिलराज पाण्डेको संयोजकत्वमा भएको थियो ।

प्रतिक्रिया