अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

क्यानडाको टोरन्टो र स्कारबरोमा एनआरएनएको सम्पर्क कार्यालय स्थापना

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:१५ मा प्रकाशित

गैरआवसीय नेपाली संघ (एनआरएनए) क्यानडाको टोरन्टो र स्कारबरो सम्पर्क कार्यालय सञ्चालन गरिएको छ। आइतबार कार्यालयको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, अवैतानिक महावाणिज्यदूत डा. कुन्जर शर्मा, एनआरएनए क्यानडा अध्यक्ष चिरन्जिवी घिमिरेलगायतकाले गर्नुभएको हो । कार्यक्रममा नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधि र समुदायका महानुभावको उपस्थिति रहेको थियो ।

उक्त कार्यालय २९०० एग्लिन्टन एभेन्यू, इ., सुइट २१३, स्कारबरोमा छ । ग्रेटर टोरन्टोमा नेपाली र नेपालीभाषी भुटानीको ठूलो संख्यामा बसोबास छ । एनआरएनए क्यानडाको स्थापना सन् २००७ मा भएको हो। क्यानडामा ४ हजार ५० हजार नेपालीमुलका मानिस रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू