अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

अमेरिकाका केही राज्यमा आँधी डोरियनको त्रास, केही स्थानमा आपतकाल घोषणा

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:१३ मा प्रकाशित

अमेरिकाको क्यारेबियन आइल्याण्ड बहमासमा आएको हुरिकेन डोरिएनका कारण कतिपय घरका छाना उड्नुका साथै बाढी समेत आएको छ । दक्षिण क्यारोलाइना र जर्जियाका केही भागबाट अनिवार्य रुपमा मानिसहरुलाई सुरक्षित स्थान तर्फ लग्नुपर्ने जनाइएको छ । सो क्षेत्रमा ८ लाख ३० हजार मानिस भएको फक्स न्यूजले जनाएको छ ।

आइतबार साँझ ५ बजे डोरियनको बारेमा त्यहाँको नेशनल हुरिकेन सेन्टरले अलर्ट जारी गरेको थियो । सो आँधीका क्रममा २८५ किमी प्रति घण्टाको दरले हावा चलेको छ । सो हुरिकेन अहिले पश्चिमी भागमा विस्तारै चलिरहेको र पूर्वी समुद्री क्षेत्रमा त्यसले असर गर्न सक्ने जनाइएको छ ।

फ्लोरिडा, जर्जिया,उत्तर र दक्षिण क्यारोलाइनालगायतका क्षेत्रमा आपतकालको घोषणा गरिएको छ । अबाको आइल्याण्ड क्षेत्रमा आँधीपछि पानीको सतह बढेको छ । डोरियन आज सोमबार ग्रान्ड बहामा आइल्याण्डमा निरन्तर रुपमा चल्ने अनुमान गरिएको छ । सोमबार राति र मंगलबार सो आँधी फ्लोरिडाको पूर्वी तटिय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । अमेरिकी नेशनल हुरिकेन सेन्टरका निर्देशक केन ग्राहमले बहमास क्षेत्रमा १० घण्टासम्म असर हुने आइतबार जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू