अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

स्पेनिस लिग फुटबलः रियाललाई भियारियालले रोक्यो

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:१२ मा प्रकाशित

स्पेनिस लिग फुटबल ‘ला लिगा’मा रियाल मड्रिडलाई भियारियालले २–२ गोलको बराबरीमा रोकेको छ । भियारियालको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीका जेरार्ड मोरेनो र मोइ गोमेजले एक एक गोल गरे । तर, रियाल मड्रिडका ग्यारेथ बेलले दुई गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

ला लिगाकै अरु खेलमा एथ्लेटिको मड्रिडले आइबारलाई ३–२ ले हराउँदा भ्यालेन्सियाले मयोर्कामाथि २–० को तथा ग्रानाडाले इस्पानियोलमाथि ३–० को जित निकाल्यो । आइतबार रातिका खेलहरुपछि स्पेनिस लिगको अंकतालिकामा ३ खेलबाट ९ अंक जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।

७ ७ अंक जोडेका एथ्लेटिक बिल्बाओ र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ५ अंक जोडेको रियाल मड्रिड पाँचौं स्थानमा रहँदा ४ अंकसहित बार्सिलोना आठौं स्थानमा छ ।

प्रतिक्रिया