अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

‘भारत–पाकिस्तान युद्ध भए, त्यो अति भयानक हुनेछ’- पाकिस्तानी प्रधानमन्त्री खान

बिआरटीनेपाल २०७६ भदौ १५ गते २२:०८ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतंकवाद र धर्मको कुनै सम्बन्ध नहुने र इस्लाम शान्तिको धर्म रहेको बताउनुभएको छ । प्रधानमन्त्री खानले आइतबार इस्लामिक सोसाइटी अफ नर्थ अमरिका (आईएसएनए) को ५६ औँ कन्भेन्सनलाई सम्बोधन गर्दै इस्लामले शान्ति सिकाउने बताउनुभयो । कुनै एक व्यक्तिको अपराधका लागि पूरै समुदायलाई बदनाम गर्न नमिल्ने उहाँको भनाई छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले भन्नुभएको छ, ‘आतंकवादलाई धर्मसँग जोड्नु हुँदैन । आखिर मुसलमानलाई अपराधिका रुपमा किन हेरिन्छ ? युरोपमा पनि मुसलमानका धार्मिक स्थलमा आक्रमण हुन्छ । अमेरिकामा ९र११ (पेन्टागन ट्वीन टावरमा आक्रमण) आक्रमण हुनु पहिले पनि तमिल दाइगरले आत्मघाती आक्रमण गरेका थिए । आतंकवाद कुनै पनि धर्मसँग जोडिएको छैन । भारतले कश्मीरका बासिन्दाको संघर्षलाई पनि आतंकवादसँग जोड्ने गर्छ ।’

सम्बोधनको क्रममा प्रधानमन्त्री खानले भारत प्रशासित कश्मीरमा जारी तनावका सम्बन्धमा बोलेका हुन् । परमाणु युद्धको आशंका र त्यसको नतिजा निकै भयावह हुने खानले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘यदी दुई परमाणु शक्ति सम्पन्न देशबिच युद्ध भयो भने त्यो सानो पक्कै हुँदैन । मैले मुस्लिम देशका शासकसँग कुरा गरेको छु । मलाई थाहा छ कि अझै पनि भारतमा केही यस्ता व्यक्ति छन्, जसले नेहरु र गान्धीको विचारधारामा विश्वास गर्छन् । तर नरेन्द्र मोदी प्रधानमन्त्री बने यता अवस्था फेरिएको छ । मलाई आशा छ कि कश्मीरको विषयमा अन्तर्राष्ट्रिय समुदायले आफ्नो भूमिका निर्वाह गर्ने छन् ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू